PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

चितवनको कालिकामा एमाले विजयी



पहिलोपोस्ट

चितवनको कालिकामा एमाले विजयी

चितवन : पूर्वी चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको छ।

एमालेका खुमनारायण श्रेष्ठ (गोपी)ले नेपाली कांग्रेसका उम्मेदवार कमल आचार्यलाई ३ सय २८ मत अन्तरले पराजित गरी प्रमुख पदमा विजयी भए। श्रेष्ठले ७ हजार ४ सय ९२ मत र आचार्यले ७ हजार १ सय ६४ मत प्राप्त गरेका थिए।

त्यस्तैगरी उपप्रमुख पदमा एमालेकी कमला भट्टराईले नेपाली कांग्रेसकी निरुजा श्रेष्ठलाई ७ सय ८५ मतले पराजित गरेकी थिइन्। भट्टराईले कुल ७ हजार ५ सय ३५ मत र श्रेष्ठले कुल ६ हजार ७ सय ५० मत प्राप्त गरेकी थिइन्।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रामध्वज डल्लाकोटीले २ हजार ३ सय ७८ मत र उपप्रमुख पदकी उम्मेदवार सविता लामाले २ हजार १ सय २५ मत प्राप्त गरेकी थिइन्।

यस नगरपालिकामा एमालेले ६ वटामा वडा अध्यक्षसहित सम्पूर्ण टिम विजयी भएको छ भने नेपाली कांग्रेस ५ वटामध्ये ४ वटा वडामा वडा अध्यक्ष सहित सम्पूर्ण टिम विजयी भएको छ भने एउटा वडामा वडा अध्यक्ष र १ सदस्य मात्र विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell