PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

गाउँ कार्यपालिकामा निर्वाचित गराउन आयोगले थाल्यो प्रक्रिया, दलित र अल्पसंख्यक थपिँदै



रमेश वाग्ले

गाउँ कार्यपालिकामा निर्वाचित गराउन आयोगले थाल्यो प्रक्रिया, दलित र अल्पसंख्यक थपिँदै

काठमाडौं : निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणाम आइ नसक्दै गाउँ तथा नगर कार्यपालिका गठनको प्रक्रिया सुरु गरेको छ।

आयोगले विज्ञप्ती जारी गरि गाउँ कार्यपालिकामा निर्वाचित हुने उम्मेद्वारको टुंङ्गो लगाउन विगतमा दलले तोकेका प्रतिनिधिको हस्ताक्षरलाई नै आधिकारिक मान्न निर्वाचन अधीकृतहरुलाई निर्देशन दिएको हो।

'गाउँ कार्यपालिका र नगर कार्यपालिकाका महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य पदका सूचना बमोजिम सम्बन्धित दलले आयोगमा पेश गरेको नाम, थर, पद र दस्तखत नमूना भएको पदाधिकारीले नै दिएको उम्मेदवार मनोनयनको औपचारिक पत्रको आधारमा मनोनयन पत्र दाखिला गर्नुपर्ने भएकोले सोही बमोजिम गर्नु गराउनु हुन राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन अधिकृत लगायत सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ,' आयोगको निर्देशनमा भनिएको छ।
 
गाउँ तथा नगर सभा निर्वाचित भएर कार्यभार सुरु गरेको १५ दिन भित्र सम्बन्धित गाउँ वा नगरपालिका भित्रबाट गाउपालिकाको हकमा दुईजना दलित वा अल्पसंख्यक सदस्य तथा नगरपालिकाको हकमा तीनजना दलित वा अल्पसंख्यक सदस्य निर्वाचित सभाका सदस्यहरुको मतदानबाट निर्वाचित गर्नुपर्ने प्रावधान छ। 

त्यसरी पूर्णता पाएको सभाबाट नै गाउँ कार्यपालिका र नगर कार्यपालिकाको गठन हुन्छ।
 
कसरी गठन हुन्छ गाउँ कार्यपालिकाको गठन?

गाउँ कार्यपालिकाको गठन निर्वाचित गाउँसभा भित्रबाट नै हुन्छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा गाउँपालिकाका सबै वडा अध्यक्षहरु गाउँ कार्यपालिकाका स्वत: सदस्य हुन्छन्। त्यस बाहेक प्रत्येक वडाबाट निर्वाचित दुई महिलाहरु मध्येबाट चार जना गाउँसभाबाट नै निर्वाचित हुनुपर्छ।

त्यसका लागि कुन दलका लागि को उम्मेद्वार हुने भन्ने सम्बन्धमा उम्मेदवार तोक्ने अधिकार भने सम्बन्धित दललाई दिइएको छ। त्यस्तै गाउँपालिकाका चुनाव पछि गठन भएको सभाले निर्वाचित गरेका दलित तथा अल्पसंख्यक सदस्यहरु पनि स्वत: गाउँ कार्यपालिकाका सदस्य हुन्छन्। त्यसरी गाउँपालिकाकको गठन हुन्छ। 

यसरी गठन हुन्छ नगर कार्यपालिका
नगरसभा गठन भएको १५ दिन भित्र निर्वाचित सभाले नगरभित्रका दलित वा अल्पसंख्यक मध्येबाट तीन जना सदस्य निर्वाचित गर्नुपर्छ।त्यसरी निर्वाचित गर्न उम्मेदवार भने सम्बन्धित दलले नै छान्नुपर्ने हुन्छ।

निर्वाचित सभाले तीनजना दलित वा अल्पसंख्यक सदस्य समेत निर्वाचित गरेपछि पूर्ण भएको सभाबाट नगर कार्यपालिकाको गठन हुन्छ। 
नगरपालिकाका निर्वाचित प्रमुख र उपप्रमुख तथा प्रत्य वडाका सदस्यहरु स्वतः नगर कार्यपालिकाका सदस्य हुन्छन्। त्यस बाहेक प्रत्येक वडाबाट दुईजनाका दरले निर्वाचित महिला मध्येबाट पाँच जना महिला नगरसभाबाट निर्वाचित भए पछि नगर कार्यपालिकाको सदस्य बन्छन्। 

त्यसरी छानिने महिला सदस्यहरु समेत दलहरुबाट नै सिफारिस हुनुपर्छ। त्यस बाहेक दलित वा अल्पसंख्यक कोटाबाट निर्वाचित तीनजना सदस्यहरु पनि स्वतः नगरकार्यपालिकाको सदस्य हुन्छन्। 

त्यसका लागि आयोगले विगतमा निर्वाचनका लागि तोकेका र आयोगमा हस्ताक्षरको नमुना बुझाएका पदाधिकारीहरुलाई नै प्रतिनिधि मान्ने जानकारी दलहरुलाई दिदैँ निर्वाचन अधिकृतहरुलाई पनि त्यही बमोजिम गर्न निर्देशन दिएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell