PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मुगुमा तीन वटामा एमाले, एउटामा कांग्रेस विजयी



रासस

मुगुमा तीन वटामा एमाले, एउटामा कांग्रेस विजयी

मुगुः मुगुमा तीनवटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेस विजयी भएको छ । 

छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरेका छन् । 

नगर उपप्रमुखमा एमालेका सुन्तला रोकाया तीन हजार २२५ मत ल्याई विजयी भइन्। 

छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये कांग्रेस सात, एमाले पाँच र माओवादी केन्द्र दुईवटामा विजयी भएको छ । वडा नं १ मा लोकबहादुर धिताल एमाले, २ मा परेगराज चौलागाई एमाले, ३ मा नरबहादुर रावल कांग्रेस, ४ मा विष्णुबहादुर भाम कांग्रेस, ५ मा डम्मर रावल एमाले, ६ मा हर्क ऐडी कांग्रेस, ७ मा हरिचन्द्र शाही एमाले, ८ मा कर्णबहादुर रावल कांग्रेस, ९ मा मणिचन्द्र रोकाया निर्विरोध माओवादी केन्द्र, १० मा धर्मदत्त सावद कांग्रेस, ११ मा दानबहादुर बुढा कांग्रेस, १२ मा सुवाषचन्द्र बुढा माओवादी केन्द्र, १३ मा चक्रबहादुर साउद कांग्रेस र वडा नं १४ मा नन्दलाल बढुवाल एमाले विजयी भएका छन् । 

यस्तै, जिल्लाको तीनवटा गाउँपालिकामध्ये कारमारोम गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी भएका छन् । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा कांग्रेस विजयी भएको छ । 

यसैगरी, खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा एमालेका जयनन्द रावल दुई हजार ३२२ मत ल्याई विजयी भएका छन् । 

सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारवटामा, कांग्रेस र माओवादी केन्द्र तीन÷तीनवटामा तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् । 

यस्तै सोरु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकबहादुर शाही एक हजार ८५४ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले एक हजार ८२१ मत प्राप्त गरेका छन्। सो गाउँपालिकाको ११ वडामध्ये एमाले छवटामा, कांग्रेस तीन र माओवादी केन्द्र दुईवटामा विजयी भएका छन्।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell