PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

नुवाकोटमा कांग्रेस सात, एमाले तीन र माओवादी केन्द्र दुई स्थानमा विजयी



रासस

नुवाकोटमा कांग्रेस सात, एमाले तीन र माओवादी केन्द्र दुई स्थानमा विजयी

नुवाकोटः स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । 

बेलकोटगढी नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगतबहादुर गुरुङले छ हजार ३५१ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । 

बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । 

बाह्रवटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए । 

यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

लिखु गाउँपालिकाको उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भए पनि बाँकी छ स्थानीय तहमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । 

यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell