
हेटौंडाः हेटौंडा उपमहानगरपालिका– ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।
वडा अध्यक्षमा कांग्रेसका राजेश बानियाँ एक हजार ८४१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर ढुङ्गानाले एक हजार ७४४ मत प्राप्त गरेका छन् । वडा सदस्यमा एमालेका ज्ञानबहादुर थापा, केशव श्रेष्ठ, सरस्वती दाहाल र भगवती विक विजयी भएका छन् । रासस