
भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा एमालेका उपेन्द्र केसीको प्यानलै विजयी भएको छ ।
नेकपा एमालेबाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका केसीको प्यानल नै विजयी भएको हो । केसीले एक हजार २५८ मत प्राप्त गरेका छन् ।
विजयी हुने महिला सदस्य जुनुमाया तामाङ, दलित महिला सदस्य अनु बयलकोटी, सदस्यमा श्रीराम व्याञ्जु र विनय महत छन् । केसी १३ वर्षसम्म छलफल साप्ताहिकका कार्यकारी सम्पादक हुँदै हाल आमसञ्चार डटकम अनलाइनका सम्पादक छन्। रासस