PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी



पहिलोपोस्ट

भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी भएका छन्।

आज बिहान ४ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका हुन्।

नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गरेकी छन्।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी भएका छन्। राउत एक हजार २० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी भएका छन्।

सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell