
भक्तपुर : मध्यपुर थिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गरेका छन्।
कांग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भएका छन्।
त्यसैगरी यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ८७० मतले अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेँ आठ हजार पाँच मतले पछ्याइरहेका छन्।
उपप्रमुखमा काँग्रेसकी अञ्जना मधिकर्मी सात हजार ९९५ मतले अग्रस्थानमा छिन्। मध्यपुर थिमिको वडा नं ७ को मतगणना जारी रहेको छ। रासस