PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

इरानको राष्ट्रपतिमा हसन रुहानी पुन: निर्वाचित



पहिलोपोस्ट

इरानको राष्ट्रपतिमा हसन रुहानी पुन: निर्वाचित

तेहरान : इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति हसन रुहानी नयाँ कार्यकालका लागि पुन निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गरेका छन्। गणना भएको मत सङ्ख्या खसेको सम्पूर्ण मत सङ्ख्याको ९९.७ प्रतिशत हो ।

रुहानीका निकटतम प्रतिद्वन्द्वी इब्राँहिम राइजीले एक करोड ५७ लाख ८६ हजार ४४९ अर्थात् ३८.५ प्रतिशत मत प्राप्त गरेका छन्।

इरानको कानुनअनुसार मत नतिजामा चित्त नबुझेमा तीन दिनभित्र उजुरी इरानको ‘गार्जियन काउन्सिल अफ कन्सटिच्युसन’ मा दर्ता गर्न सक्ने प्रावधान छ।

राज्यको केन्द्रिय व्यवस्थापिका भएका नाताले काउन्सिलले राष्ट्रपतीय निर्वाचनमाथि उठाइने उजुरमाथि विचार गरी नतिजालाई पुष्टि सदर वा बदर गर्ने कानुनी प्रावधान छ।

शनिबार इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीले रुहानीको पक्षमा विशाल जनसमर्थन मतदानमार्फत गरेकामा इरानी जनतालाई धन्यवाद ज्ञापन गरेका छन्।

इरानमा राष्ट्रपतिको छनौटका लागि शुक्रबार मतदान भएको थियो।

इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति छनौट गर्ने निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मत गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गरेका थिए।

“इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्व दिइन्छ र इरानी जनताले यो सन्देशलाई ध्यानपूर्वक लिनेछन्,” इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले भने।

पाँच करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेका हुन्।

बिहीबार इरानका गृहमन्त्रीले राष्ट्रपतिको दौडमा रौहानी, इबाहीम राइजी, मोस्तफा अघामिर्सालिम र मोस्तफा हसेमी तावा रहेको औपचारिक घोषणा गरेका थिए।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका एक हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिएको भए पनि छ जना मात्र राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन्।

गत मङ्गलबार सुधारवादी उपराष्ट्रपति इशाक जहाङगिरीले आफूले राष्ट्रपतिको निर्वाचन उम्मेदवारी फिर्ता लिएको जनाएका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell