PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

दोलखाको पवटीमा आज पुनः मतदान हुँदै



पहिलोपोस्ट

दोलखाको पवटीमा आज पुनः मतदान हुँदै

काठमाडौँ : दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा आज पुनः निर्वाचन भइरहेको छ। गत आइतबारको पहिलो चरणको निर्वाचनमा झडपका क्रममा प्रहरीको गोलीबाट स्थानीय नकुल भुजेलको मृत्यु भएपछि आज पुनः निर्वाचन भएको हो। 

मेलुङ गाउँपालिका पवटीको सत्यवती मावि केन्द्रमा अहिले मतदान भइरहेको छ। १५ हजार ३५ मतदाता रहेको मेलुङ गाउँपालिकाको पवटीमा तीन हजार पाँच सय ८६ मतदाता छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell