PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कालिकोटको नरहरिनाथ गाउँपालिका ६ मा आज पुनः मतदान



पहिलोपोस्ट

कालिकोटको नरहरिनाथ गाउँपालिका ६ मा आज पुनः मतदान

काठमाडौँ : कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि आज निर्वाचन हुँदैछ। मतदान सम्पन्न भइसकेपछि मतपेटिका सुरक्षाका क्रममा भएको झडपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार धनरुप बटलाको निधन भएको थियो। बटलाको निधनपछि उक्त स्थानमा पुनः आज दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । 

नरहरिनाथ गाउँपालिकाको वडा नं। ६ मा आज पुनः मतदान हुन लागेको हो।

विल्पव माओवादीका कार्यकर्ताले मतपेटिका खोसेपछि प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा राप्रपाका उम्मेदवार बटलाको निधन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell