PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अमेरिका र साउदी अरेवियाबीच सवैभन्दा ठूलो हतियार सम्झौता



पहिलोपोस्ट

अमेरिका र साउदी अरेवियाबीच सवैभन्दा ठूलो हतियार सम्झौता

अमेरिका र साउदी अरवियाले अहिलेसम्मकै ठूलो मात्रामा हतियार सम्झौता गरेका छन्। अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणकका क्रममा यो सम्झौता भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको यो पहिलो विदेश भ्रमण हो।

दुइ देशबीच तीन सय ५० अर्ब  डलर लेनदेनको सम्झौता भएको बीबीसीले  जनाएको छ।

व्हाइट हाउसका अनुसार यो अमेरिकाको अहिलेसम्मकै ठूलो हतियार सम्झौता हो।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले सउदी अरबसँग भएको हतियार सम्झौता इरानलार्इ कडा जवाफ भएको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमसँग बताएका छन्।

रियादमा पत्रकारसँग टिलर्सनले भनेका छन्, ‘रक्षा प्रणाली र सेवाहरुको यस सम्झौताले साउदी अरब र सम्पूर्ण खाडी क्षेत्रको दीर्घकालीन सुरक्षा बलियो हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell