PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

२६६ स्थानको मत परिणामः एमाले ११३, कांग्रेस १०० र माओवादी ४६ स्थानमा विजयी



पहिलोपोस्ट

२६६ स्थानको मत परिणामः एमाले ११३, कांग्रेस १०० र माओवादी ४६ स्थानमा विजयी

काठमाडौँ : वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको अहिलेसम्म २६६ स्थानको मत परिणाम आएको छ। पहिलो चरणमा निर्वाचन भएका २८३ मध्ये अव १७ स्थानको नतिजा आउन बाँकी छ।

नतिजा आउन बाँकी रहेकामा अव ठूला चार महानगर, एक उपमहानगर र सात नगरपालिका रहेका छन्। दोस्रो चरणमा निर्वाचन भएका र आइतबार निर्वाचन भइरहेका ५ गाउँपालिकाको पनि नतिजा आएको छैन।

काठमाडौं महानगरसहित काठमाडौंमा अव कागेश्वरी, चन्द्रागिरी र बुढानीलकण्ठ नगरको मत परिणाम आउन बाँकी छ। ललितपुर महानगरसहित ललितपुरको महालक्ष्मी नगरपालिकाको पनि मत परिणाम आएको छैन।

भक्तपुरमा अव मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाको मत परिणाम आउन बाँकी छ। चाँगुमा विवादका कारण मतगणना स्थगित छ।

कास्कीको पोखरा लेखनाथ महानगरको मत परिणाम पनि आएको छैन। विवादका कारण शनिबार साँझदेखि गणना स्थगित छ । भरतपुर महानगरको मतगणना जारी छ। चितवनकै खैरहनी नगरपालिकाको मतगणना पनि जारी छ।

हेटौंडा उपमहानगरको मतगणना पनि जारी छ।

गाउँपालिका अन्तर्गत कालिकोटको कालिका, हुम्लाको खार्पुनाथ, सिन्धुपाल्चोकको ईन्द्रावतीको मत परिणम आउने क्रममा छन्।

दोलखाको मेलुङ र कालिकोटको नरहरिनाथ गाउँपालिकाका एक÷एक मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ।

 


मत परिणाम आउन बाँकी स्थानीय तह

काठमाडौं    कागेश्वरी मनोहरा नगरपालिका
काठमाडौं    काठमाण्डौ महानगरपालिका
काठमाडौं    चन्द्रागिरी नगरपालिका
काठमाडौं    बुढानिलकण्ठ नगरपालिका
    
कास्की    पोखरा लेखनाथ महानगरपालिका
    
चितवन    खैरहनी नगरपालिका
चितवन    भरतपुर महानगरपालिका
    
दोलखा    मेलुङ गाउँपालिका
    
भक्तपुर    चाँगुनारायण नगरपालिका
भक्तपुर    मध्यपुर थिमी नगरपालिका
    
मकवानपुर    हेटौडा उपमहानगरपालिका
    
ललितपुर    महालक्ष्मी नगरपालिका
ललितपुर    ललितपुर महानगरपालिका
    
सिन्धुपाल्चोक    ईन्द्रावती गाउँपालिका
    
हुम्ला    खार्पुनाथ गाउँपालिका
    
कालिकोट    कालिका गाउँपालिका
कालिकोट    नरहरिनाथ गाउँपालिका
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell