PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कसले जित्ला आइपीएल उपाधि? पुने कि मुम्बई



पहिलोपोस्ट

कसले जित्ला आइपीएल उपाधि? पुने कि मुम्बई

काठमाडौं : इन्डियन प्रिमियर लिगको दशौं संस्करण आइपीएल-१० को फाइनल खेल अज हुँदैछ। उपाधिका लागि राइजिङ पुने सुपरजायन्टस र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ।

दुई पटकको च्याम्पियन मुम्बई भारतीय खेलाडी रोहित शर्मा तथा पहिलो पटक फाइनल पुगेको पुने अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रिदैँछ।

लिग र प्लेअफमा गरी पुने र मुम्बई ३ पटक भिडेका थिए। तीनै पटक पुनेले मुम्बई विरुद्ध जित हात पारेको थियो। त्यसैले पनि फाइनलमा पुनेको आत्मविश्वास बढी हुन सक्छ।

अर्को तथ्य के छ भने पुनेको लागि यसै सिजनको आइपीएल अन्तिम आइपीएल हुनेछ। अर्थात पुने अर्को ११औं सिजनको आइपीएलमा हुनेछैन।

त्यसैले पहिलो पटक फाइनल पुगेको पुने पहिलो उपाधि जित्दै आइपीएलमा शानदार बिदाई गर्न चाहन्छ। यता चेन्नाई र कोलकतासँगै सर्वाधिक २ पटकको च्याम्पियन मुम्बई यस सिजनको उपाधि जित्दै सर्वाधिक सफल टोली बन्ने होडमा छ।

म्याच फिक्सिङका कारण चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्सलाई २ वर्षको प्रतिवन्ध लगाएपछि पुने र गुजरात लायन्सलाई गत संस्करणदेखि आइपीएलमा समावेश गरिएको थियो।

अर्को वर्ष चेन्नाई र राजस्थान आइपीएलमा फर्कने पक्का छ।

पुने र मुम्बई अहिलेसम्म ५ पटक एकआपसमा भिडेका छन्। जसमध्ये पुनेले ४ खेल जितेको छ भने मुम्बईले एकमा मात्र जित हासिल गरेको थियो।

यस सिजनको पिहलव खेलमा पुनेले मुम्बईलाई ७ विकेटले हराएको थियो भने मुम्बईको मैदानमा भएको रोमाञ्चक खेलमा पुने ३ रनले विजयी भएको थियो।

यस्तै यस सिजनका महाँगा खेलाडी बेन स्टोक्स र स्पिनर इमरान ताहिर बिनै प्लेअफको पहिलो क्वालिफायरमा पुनेले मुम्बईलाई २० रनले हरायो।

स्टोक र ताहिर दुवै खेलाडी बिनै पुने फेरी एकपटक मुम्बईसँग भिड्दैछ र यो आइपीएलको उपाधिका लागि हुनेछ।


पुनेको सम्भावित टिम

अजिन्का रहाने, राहुल त्रिपाठी, स्टिभ स्मिथ(कप्तान) मनोज तिवारी, महेन्द्र सिंह धोनी, ड्यानिएल क्रिस्टियन, वासिगटन सुन्दर, शार्दल ठाकुर, लकी फर्गुसन, जयदेव उनादकाट, एडम जाम्पा


मुम्बईको सम्भावित टिम

पार्थिव पटेल, लेण्डल सिमोन्स, रोहित शर्मा(कप्तान), अम्बाटि राएडु, काएरन पोलार्ड, क्रुनल पाण्ड्या, हार्दिक पाण्ड्या, कर्ण शर्मा, मिचेल जोन्सन, लाथिस मालिगा, जसप्रित बुमराह

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell