
काठमाडौं : दुई बर्ष अघि फिल्म 'भैरव'बाट निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः फिल्म निर्देशन गर्ने भएका छन्।
आफ्नै निर्माण र निर्देशन रहनेगरी शनिबार निखिलले नयाँ प्रोजेक्ट 'कमिटमेन्ट : सिक्स्टी आवर्स' घोषणा गरे।
निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा ईन्स्टुमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा निखिन नै लिड रोलमा हुनेछन् भने बलिउडका केही चर्चित अनुहार समेत रहनेछन्।
तर लिड अभिनेत्री भने फाइनल भईसकेकी छैनन्। उल्लेखित भुमिका सुहाउँदो अभिनेत्रीको खोजी भइरहेको निर्माण टिमले बताएको छ।
निखिल उप्रेती प्रोडक्सनको यो दोश्रो प्रोजेक्ट हो। यसअघि उक्त ब्यानरको 'रुद्र' फिल्म तयार भइसकेको छ। 'रुद्र' आउँदो श्रावण २० मा रिलिज हुँदैछ।
बलिउडका चर्चित फिल्महरुमा काम गरिसकेको रञ्जित, सायदी शिदे, अनन्त जोग लगायत कलाकारले पनि फिल्मा अभिनय गर्नेछन्।
यस्तै फिल्मको अधिकांश छायांकन मुम्बईमा हुनेछ भने बाँकी उत्तर प्रदेश, मध्य प्रदेश, काठमाडौं, नेपाल भारत सिमाना, थाईल्याण्ड, सिंगापुर र अमेरिकामा पनि खिचिनेछ।
सौरभ लामाले खिच्ने फिल्मको गीतमा डा. कृष्णहरी बरालको शब्द तथा संगीत एड्रिन प्रधानको रहनेछ। चार गीत समावेश हुने भनिएको फिल्मको एक गीतमा भारतिय संगीतकारले म्युजिक कम्पोज गर्ने बताईएको छ।