PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

अख्तियार प्रमुख बस्न्यात र महालेखा प्रमुख शर्माको नाम संसदीय सुनुवाइद्वारा अनुमोदन



पहिलोपोस्ट

अख्तियार प्रमुख बस्न्यात र महालेखा प्रमुख शर्माको नाम संसदीय सुनुवाइद्वारा अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यातको नाम अनुमोदन गरेको छ। यस्तै, महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम पनि समितिले अनुमोदन गरेको छ।

दुवै पदाधिकारीको सुनुवाइपछि नाम अनुमोदन भएको समिति सचिव ध्रुवप्रसाद घिमिरेले बताए। 

संवैधानिक परिषदको वैशाख १९ गतेको बैठकले बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। यस्तै २० गतेको बैठकले शर्मालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell