
प्रिमियर लिग च्याम्पिय चेल्सीका कप्तान जोन टेरीलाई वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट डब्लुडब्लुईले शनिबार डब्लुडब्लुई वर्ल्ड हेभिवेट च्याम्पियनसिप बेल्ट प्रदान गरेको छ।
तर टेरी रेस्लिङको खेल जितेका कारण उक्त्त बेल्ट प्रदान गरिएको भने होइन।
यस सिजन एक खेल अगावै लिग च्याम्पियन बनेको सम्मानमा कप्तान टेरीलाई वर्ल्ड हेभिवेट च्याम्पियनसिप बेल्ट प्रदान गरिएको हो।
डब्लुडब्लुईका वर्तमान च्याम्पियन र्यान्डी अर्टनको जितेको बेल्टको रेप्लिका टेरीलाई प्रदान गरिएको हो। र उक्त बेल्टको दुई छेउमा चेल्सीको ब्याड्ज समेत राखिएको छ।
चेल्सीले यस सिजनको अन्तिम लिग खेलमा आज सण्डरल्याण्डसँग खेल्दैछ र टेरीले उक्त खेल खेल्ने सम्भावना छ।
डब्लुडब्लुईका पूर्व च्याम्पिन ट्रिपल एचले ट्वीट गर्दै प्रिमियर लिगको उपाधि जितेकोमा कप्तान टेरी र चेल्सीलाई बधाई दिएका छन्।
Congratulations to John Terry and @ChelseaFC on winning the @PremierLeague! pic.twitter.com/22G7R32emY
— Triple H (@TripleH) May 20, 2017
तर वेष्टहमका फ्यानहरुले भने ट्रिपल एचले चेल्सीलाई समर्थन गरेकव मन पराएका छैनन्। किनकी ट्रिपल एच वेष्टहमको समर्थक हुन्।