PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

हतियारसहित एक युवक पक्राउ



पहिलोपोस्ट

हतियारसहित एक युवक पक्राउ

वीरगंजः वीरगंज उपमहानगरपालिका–१९ का तीस वर्षीय सुरजकुमार सोनारलाई प्रहरीले पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।

जनकपुरस्थित अप्सरा लजमा बसेका सोनारको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा खानतलासी गर्दा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोनारसँगै कोठामा बसेका धनुषा गणेशमान चारनाथ नगरपालिकाका अजयकुमार यादव र मिथिला बिहारी गाउँपालिका–५ का उपेन्द्रकुमार साहलाईसमेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell