PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

के तपाईँको सवारीसाधन हराएको छ ? प्रहरीलाई सम्पर्क गर्नुहोला



पहिलोपोस्ट

के तपाईँको सवारीसाधन हराएको छ ? प्रहरीलाई सम्पर्क गर्नुहोला

काठमाडौः तपाईँको सवारी साधन हराएको छ ? यदि हराएर भेटिएको छैन भने एक पटक प्रहरीलाई सम्पर्क गर्नुहोला ।

नेपाल प्रहरीले देशभरबाट हराएका १ हजार २२ वटा सवारीसाधन फेला पारेको छ। देशभर फेला परेका सवारीसाधन क्षेत्रीय प्रहरी कार्यालयहरुमा रहेका छन्। क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा ४६४ वटा सवारी फेला गरेका छन्।

प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा ३२ वटा, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा १४६ वटा, सुर्खेतमा ९५ वटा र दिपायलमा ४४ वटा सवारी फेला परेका हुन् ।

सवारीधनी खुल्न नसकेका सवारीसाधनहरु फेला परेकाले आवश्यक कागजपत्रसहित सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell