
संयुक्त राज्य अमेरिकाः व्यापारिक उडानमा रहेको एक विमान र यात्रुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ–७३७ विमान अवतरणपछि धावनमार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकै ट्याक्सी वेमा ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा ट्रकमा सवार दुई महिलासहित आठजना घाइते भएका छन् । घाइते मध्ये दुई महिलाकोस्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन्।
विमानमा सवार एकसय ४४ यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन। तर, बिमानको दायाँ पट्टिको पखेटा क्षति पुगेको छ । रासस /सिन्ह्वा