
वालिङः स्याङ्जाको वालिङमा आइतबार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वालिङको पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीया सानु खाँडको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका वालिङकी निशा खवास र चापाकोटकी पूजासिंह ठकुरी घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । राति परेको पानीका कारण कच्ची सडकमा चिप्लिएर जिप करिव २५ मिटर तल खसेको थियो । रासस