PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

राजनीतिक दल र आयोग प्रतिनिधिको बैठक निष्कर्षविहीनः पोखराको मतगणना अन्यौलमै



पहिलोपोस्ट

राजनीतिक दल र आयोग प्रतिनिधिको बैठक निष्कर्षविहीनः पोखराको मतगणना अन्यौलमै

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा फर्जी मतको आशंकामा शनिबार अपरान्हदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। 
विवाद समाधानका लागि राजनीतिक दल र निर्वाचन आयोगका प्रतिनिधिवीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि मतगणना झनै अन्यौलमा परेको हो ।

विवादित वडाको समस्या समाधान नभएसम्म अन्य वडाको मतगणना सुरु नगर्ने निष्कर्षमा दलहरु पुगेका छन्।

सानो र ठूलो आकारको दुई वटा स्वस्तिक छाप प्रयोग भएकोबारे निर्वाचन आयोगको धारणा आएपछि मात्र बाँकी मतगणना सुरु गर्ने वा नगर्ने भन्ने निष्कर्ष निस्कने कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए ।

१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा शंकास्पद छाप लगाएको मतपत्र भेटिएको भन्दै विवाद सुरु भएको थियो । त्यसलगतै १७ नम्बर वडाको मतगणना स्थगित भएकोमा साँझ ५ बजेपछि अन्य वडाको पनि मतगणना रोकिएको थियो ।

कांग्रेस र माओवादीले फर्जी मतको छानविन नभएसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान लिएका छन् । १५ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भई अन्य चार वडाको मतगणना चलिरहेका बेला वडानम्बर १७ को मतपत्रमा त्रुटी भेटिएको थियो ।

सूर्य चिन्हमा फरक रङ र साविकको भन्दा ठूलो स्वस्तिक छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएको भन्दै एमाले बाहेकका दलले विवाद गरेपछि मतगणना स्थगित भएको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell