काठमाडौंः काठमाडौं महानगरपालिकामा खसेकोमध्ये ७५ हजार ४ सय ४१ मत गणना भएको छ।
अहिलेसम्मको मत परिणाम अनुसार मेयरमा नेकपा एमालेले अग्रता कायम गर्दै २४ हजार ५ सय ३४ मत ल्याएको छ। गनिएको मतलाई आधार मान्दा यो ३२.५२ प्रतिशत मत हो।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ हजार २ सय ७७ मत ल्याएको छ। कांग्रेसले गनेकोमध्ये २२.९० प्रतिशत मत आफ्नो पक्षमा पाएको छ।
दुई ठूला दललाई पछ्याउँदै विवेकशीलका उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ८ सय ४९ मत र साझा पार्टीका उम्मेदवार किशोर थापाले ७ हजार ४ सय १७ मत हासिल गरेका छन्।
महानगरको उपप्रमुखमा भने नेपाली कांग्रेसको अग्रता कायमै छ। कांग्रेसले २२ हजार ५ सय २२ मत पाएको छ।
मेयरमा अग्रता लिएको नेकपा एमालेसँग तालमेल गरेको राप्रपा भने १४ हजार ३४ मत सहित दोस्रो स्थानमा छ। साझा पार्टीले ३ हजार ७ सय २४ मत सहित तेस्रो र माओवादी केन्द्रले ३ हजार ७ सय २४ सहित चौथो स्थान लिएको छ।