PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा सुरु



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा सुरु

काठमाडौंः निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। 
मतदाता शिक्षाका लागि अयोगले आफ्ना कर्मचारीहरु जेठ ५ गते देखि नै कार्यक्षेत्रमा खटाइसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। 

पहिलो चरणको निर्वाचनमा मतदाताहरुलार्इ मतदाता शिक्षाको कमीले धेरै मत बदर भएको आँकलन गरिएको थियो।

तर,  प्रवक्ता शर्मा यो कुरा मान्न तयार छैनन् र भन्छन्, ‘मतदाताले मतदान गर्न नजानेर मत बदर भएका छैनन्।’ मतदाता शिक्षाका लागि कर्मचारीहरु घरदैलोमा आएर मतदान गर्न सिकाउने गर्दछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell