PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

१३ प्रतिशत मतसँगै रञ्जु दर्शनाले पार गरिन् १० हजारको रेखा



रमेश वाग्ले

१३ प्रतिशत मतसँगै रञ्जु दर्शनाले पार गरिन् १० हजारको रेखा

काठमाडौं : कम उमेरकी, महिला र गैर राजनीतिक पृष्ठभूमिबाट काठमाडौं महानगरपालिका हाँक्ने आकांक्षासहित विवेकशील पार्टीबाट मैदानमा उत्रिएका रञ्जु दर्शनाले मत गणनामा आफूलाई अब्बल सावित गर्दै १० हजार मतको सीमा पार गरेकी छिन्।

७७ हजार ६ सय ३२ मत गणना हुँदा त्यसको १३.०७ प्रतिशत मत अर्थात् १० हजार १ सय ४४ भोट हासिल गर्दै उनले स्थापित र ठूला राजनीतिक दललाई चुनौती पेश गरेकी छिन्। सरकारको नेतृत्व लिइरहेको नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले यो प्रतिस्पर्धामा 'सरेन्डर' गरिसक्दा रञ्जु भने प्रतिस्पर्धामा डटिरहेकी छिन्।

सबा ४ बजे घोषणा गरिएको मतपरिणाम अनुसार महानगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रता कायम छ। २५ हजार १ सय ५२ मतसहित अगाडि रहेको एमालेलाई नेपाली कांग्रेसले १७ हजार ७ सय १० मतसहित पछ्याइरहेको छ। राष्ट्रिय राजनीतिमा कुनै पनि ठाउँ नरहेको विवेकशीलकी रञ्जु तेस्रो स्थानमा पछ्याइरहेकी छिन्। उनीभन्दा पछिपछि ७ हजार ६ सय ७१ मत सहित साझा पार्टीका किशोर थापा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell