PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मतगणना सुचारु गर्न माग गर्दै पोखरामा एमालेको नाराबाजी 



पहिलोपोस्ट

मतगणना सुचारु गर्न माग गर्दै पोखरामा एमालेको नाराबाजी 

पोखराः पोखरा लेखनाथ महानगरपालिकामा फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको मतगणना सुचारु गर्न माग गर्दै मतगणनास्थलमा एमाले समर्थकले नाराबाजी गरेका छन्।

स्थगित मतगणना छिटो सुचारु गर्न माग गर्दै मतगणनास्थल नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको परिसर वाहिर एमाले कार्यकर्ताले नाराबाजी गरेका हुन् । 

एमाले नेताहरुले जनताले स्वतःस्फुर्तरुपमा नाराबाजी गरेका बताएका छन् । मतगणना सुचारु गर्ने विषयमा सर्वपक्षीय बैठकमा सहमति नजुटेपछि मतगणना अनिश्चित बनेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell