
अफगानिस्तानः तालिबानको आक्रमणमा अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।
दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा तालिबानले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए।
सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन्।
यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० वटा रकेट बम प्रहार गरेका भएपनि कुनै मानवीय क्षति भने नभएको बताए।
उनले सरकारी सुरक्षा फौजकातर्फबाट आक्रमणकारीविरुद्ध त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताए । घटनास्थल राजधानी काबुलदेखि ३४० किलोमिटर दक्षिणमा पर्दछ । रासस/सिन्ह्वा