PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'मिस एस ई ई आइडल २०१७' भइन् अनुषा राई



पहिलोपोस्ट

'मिस एस ई ई आइडल २०१७' भइन् अनुषा राई

काठमाडौं: ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन 'मिस एस ई ई आइडल २०१७'को चौथो संस्करणको उपाधी अनुषा राईले हात परेकी छिन्।

अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन्। प्रतियोगितामा फर्स्ट रनर्स अप रोशिक थापा, सेकेण्ड रनर्स अप सेलिना महर्जन र थर्ड रनर्स अप रुबी कक्षपति भए। अनुषाले शिर्ष उपाधीसँगै भिउअर्स च्वाईस र मस्ट ट्यालेन्टेडको उपाधी पनि हात पारिन्।

मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए।

कार्यक्रमको कोरियोग्राफी नमिता भण्डारीले गरेकी थिइन्। उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell