PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

यौन विद्रोहका कथाहरुको संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक



पहिलोपोस्ट

यौन विद्रोहका कथाहरुको संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक

काठमाडौं : पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह 'नमस्ते काठमान्डू' सार्वजनिक भएको छ।

 विमोचन समारोहमा संग्रहका कथाको भाव समेटेर बनाइएको गीत नमस्ते काठमान्डू पनि सर्वजनिक गरियो।

जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वर रहेको गीतमा कथाका सबै शीर्षक र भाव समेटिएको छ।

अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफूले समाजमा देख्दै आएको बताइन्। संग्रहका कथाका पात्रहरुबारे उनले भनिन्, ‘कथामा समेटिएका पात्रहरु यस्तो मनोविक्षिप्त छन् कि उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतिपूर्ण मैले ठानेको छु।’ 

हाल आफूले निर्माण गरेको चलचित्र 'आधा लभ' पनि तेस्रो लिंगी तथा समलिंगी विषयमा केन्द्रीत  रहेको र नमस्ते काठमाडौंका कथाहरु पनि यौन विद्रोहमा केन्द्रित रहेको आफूले पाएको बताइन्।

पत्रकार यज्ञशले संग्रहबारे भने, 'नयाँ प्रयोग गरिएको छ। समाजमा रहेको वर्ग अनुसारको यौन अवस्था र त्यसको स्थितिलाई कथामा समेटिएको पाएँ।'

शिखा बुक्सले प्रकाशन गरेको नमस्ते काठमाडौं कथा संग्रहमा १८ वटा कथा समावेश छन्। यसको मूल्य ३ सय ५० रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell