PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

उत्तर कोरियाद्वारा फेरि छेप्यास्त्र परीक्षण



पहिलोपोस्ट

उत्तर कोरियाद्वारा फेरि छेप्यास्त्र परीक्षण
फोटो श्रोतः.bbc.com

बीबीसीः उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।

स्थानीय समय अनुसार आइतबार अपरान्ह क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ।

यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ।
गत साता मात्रै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्योङयाङलाई थप क्षेप्यास्त्र परीक्षणहरु नगर्न आग्रह गरेको थियो।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयलाई उद्धृत गर्दै त्यहाँको समाचार संस्था योन्हापले जनाए अनुसार आइतबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५०० किलोमिटर टाढासम्म पुगेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell