PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मतगणनामा धाँधली भएको भन्दै चितवन कांग्रेसद्वारा अदालत जाने चेतावनी



पहिलोपोस्ट

मतगणनामा धाँधली भएको भन्दै चितवन कांग्रेसद्वारा अदालत जाने चेतावनी

राजेन्द्र आचार्य

चितवन :
नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्वर ४ मा निर्वाचनमा धाँधली भएको भन्दै अदालतमार्फत न्यायको खोजी गरिने बताएको छ।

आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले  कुल खसेको मत ५ हजार ३१ मध्ये ३ सय ८३ मत नदेखाईएको, सो मत बदर भएको भए बदरको जानकारी पनि नदिईएको र गणना गरिएको सिट नम्वर ३२ मा १५ नम्वर एक मुष्ठ थपिएको भन्दै यसमा आफुलाई चित्त नवुझेकाले अदालत जान लागेको बताएको हो।

निर्वाचन अधिकृतको कार्यालयले आफुहरुलाई झुक्काउने खेलमा रहेको भन्दै यसको वास्तविकता बाहिर निकाल्ने कांग्रेस नेता उपेन्द्रराज सापकोटाले बताए।

मतगणकको तथ्याङ्क र निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा देखिएको भिन्नताले उम्मेदवार र आमजनमानसमा भ्रम सृजना गर्दै कार्यालयले गणनामा धाँधली गरेको उनले प्रतिक्रिया दिए।

यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य विजय भूषालले अहिलेको गणना अपारदर्शी रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell