पोखरा : पोखराको लेखनाथ महानगरपालिकामा रोकिएको मतगणना पुन: सुरु हुने भएको छ।
निर्वाचन आयोगको केन्द्रिय कार्यालयबाट आएको निर्देशनपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका बिरोधका बीच आइतबार मतगणना सुरु भएको हो।
निर्वाचनमा मतपेटिकामा मतदाताले प्रयोग गर्ने स्वस्तिक चिन्हको आकारमा परिर्वतन आएपछि राजनीतिक दलहरु बिच विवाद भएकाले शनिवार बेलुकादेखि मतगणना रोकिएको थियो।