
म्यानचेष्टर सिटीले प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
यस्तै लिभरपुलले चौथो स्थानमा लिग टुङ्याउँदै आगामी सिजनको च्याम्पियन्स लिगका लागि प्लेअफमा स्थान बनाउँदा आर्सनल भने युरोपा लिगको लागि छनौट भएको छ। आर्सनल २० वर्ष यता पहिलोपटक च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको हो।
प्रिमियर लिगको यस सिजनको अन्तिम खेलमा सिटीले वाटफोर्डलाई ५-० ले हरायो भने लिभरपुलले मिडल्स्ब्रोलाई ३-० ले पराजित गर्यो।
यस्तै दश खेलाडीमा झरेको आर्सनलले एभरटनलाई ३-१ ले हरायो।
यता ह्यारी केनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि टोटनहमले हल सिटीलाई ७-१ को फराकिलो अन्तरले हरायो।
ह्याट्रिकपछि सर्वाधिक २९ गोल गरेको केनले गोल्डेन बुट पनि जितेका छन्। सर्वाधिक गोलकर्ताको सूचीमा एभरटनका रोमेलु लुकाकु (२५) दोस्रो तथा आर्सनलका एलेक्स सान्चेज (२४) तेस्रो स्थानमा रहे।
यता प्रिमियर लिगको च्याम्पियन बनिसकेको चेल्सीले अन्तिम खेलमा सण्डरल्याण्डलाई ५-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेल्सीले खेल जितेको हो।
अन्य खेलमा म्यानचेष्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० ले हरायो। लिगको अन्तिम दिन कूल ३७ गो भयो।