PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता हुन्नः प्रधानमन्त्री



पहिलोपोस्ट

हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता हुन्नः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले हत्यामा प्रत्यक्ष संलग्नको मुद्दा फिर्ता नहुने बताएका छन्।

जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले मुद्दा फिर्ताको आफ्नो प्रक्रिया र मान्यता भएको बताए ।

उनले हत्यामा संलग्न नभएकाहरुको झुठा मुद्दा भने सरकारले फिर्ता लिने बताए ।

सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन ।’

अर्को प्रसंगमा प्रधानमन्त्रीले मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेस केन्द्रीत दल र मधेसी जनतालाई आग्रह गरे ।

देशलाई निकास दिने र मधेस र मधेसी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प नभएको बताए।

प्रधानमन्त्रीले भने, ‘यो सरकार मधेसका मुद्दाप्रति धेरै संवेदनशील छ, म आफै तीस दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेसबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेसमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell