
राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन्स प्रिमियर लिग आइपीएल-१० को उपाधि जितेको छ।
सर्वाधिक तीन पटक आइपीएलको उपाधि जितेको मुम्बईले ट्रफीसहित नगद १५ करोड भारतिय रुपैयाँ पुरस्कार हात पारेको छ। यस्तै पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको पुनेले १० करोड प्राप्त गर्यो।
फाइनलमा ४७ रन बनाएका मुम्बईका क्रुनल पाण्ड्या म्यान अफ दी म्याच बने। यस्तै फाइनलमा ३ छक्का प्रहार गरेका क्रुनलले म्याक्सिमम सिक्सेसको अवार्ड पनि हात पारे। यससँगै उनले २ लाख पाए। यसबाहेक पुनेका जयदेव उनादकाटले पर्फेक्ट क्याच तथा शार्दुल ठाकुरले स्टाइलिस प्लेयरको अवार्ड प्राप्त गरे। दुवैले समान १ लाख पाए।
यसबाहेक प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले विभिन्न अवार्ड हात पारे।
बेन स्टोक : मोस्ट भ्यालुएबल प्लेअर
फाइनलमा मुम्बईसँग पराजित भएपनि पुनेका बेन स्टोकले प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। उनले मोस्ट भ्यालुएबल प्लेअर हुँदै नगद १० लाख हात पारे।
एक शतकसहित ३१३ रन बनाएका स्टोकले १२ विकेट लिदै अलराउण्ड प्रदर्शन गरे। यस सिजनको आइपीएलमा महँगो खेलाडी समेत रहेका स्टोकले इग्ल्याण्ड फर्केका कारण प्लेअफदेखिका खेल भने गुमाएका थिए।
सर्वाधिक रन : सनराइजर्स हैदरावादका कप्तान डेविड वार्नरले सर्वाधिक रन बनाउँदै अरेन्ज क्याप जिते। उनले १४ खेलमा १ शतकसहित सर्विधक ६४१ रन प्रहार गरे।
सर्वाधिक विकेट : सर्वाधिक विकेट पनि हैदरावादलकै भुवनेश्वर कुमारले लिए। उनले १४ खेलमा १४.१९ को औषतमा २६ विकेट लिए। दिल्ली विरुद्को एकै खेलमा उनले ५ विकेट लिएका थिए।
पर्फेक्ट क्याच अफ दी सिजन : यस सिजनको पर्फेक्ट क्याच अफ दी सिजनको अवार्ड गुजरात लायन्सका कप्तान सुरेश रैनाले जिते। उनले पुनेका अजिन्का रहानेको उत्कृष्ट क्याच लिएका थिए।
ग्ल्याम सट अफ दी सिजन : हैदरावादका युवराज सिहले कोलकता नाइट राइडर्स विरुद्ध प्रहार गरेकव छ्क्को ग्ल्याम सट अफ दी सिजन घोषित भयो।
स्टाइलिस प्लेअर अफ दी सिजन : कोलकता नाइट राइडर्सका कप्तान गौतम गम्धिरले यस सिजनको स्टाइलिस प्लेअर अफ दी इअरको अवार्ड हात पारे। उनले प्रतियोगिताभर ४ पटक उक्त अवार्ड जितेका थिए।
सर्वाधिक छक्का : किंग्स एलेभेन पञ्जावका कप्तान ग्लेन म्याक्सबेलले प्रतियोगितार २६ छक्का प्हार गर्दै म्याक्सिमम सिक्सेसको अवार्ड पाए। हैदरावानदका वार्नरले पनि समान २६ छक्का प्रहार गरेपनि लामो छक्का प्रहार गरेका कारण म्याक्सवेलले अवार्ड हात पारे।
राइजिङ प्लेअर अफ दी सिजन : गुजरातका बसिल थम्पीले यस सिजनकव राइजिङ प्लेअरको अवार्ड हात पारे।
फिएर प्ले अवार्ड : फियर प्ले अवार्ड गुजरात लायन्सले प्राप्त गर्यो।
सबैले १०-१० लाख पुरस्कार प्राप्त गरे।