PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

रियल मड्रिड ला लिगा च्याम्पियन, बार्सिलोनाको 'कमब्याक विन'



पहिलोपोस्ट

रियल मड्रिड ला लिगा च्याम्पियन, बार्सिलोनाको 'कमब्याक विन'

रियल मड्रिडले यस सिजनको स्पानिस ला लिगाको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा मालागालाई २-० ले पराजित गर्दै रियलले ५ वर्षयता पहिलो पटक ला लिगाको च्याम्पियन बनेको हो।

अन्तिम खेलमा बार्सिलोनाले आइबरलाई ४-२ ले हराएपनि उपाधि जोगाउन पर्याप्त भएन।

रियलले मालागालाई उसैको मैदानमा हराउने क्रममा क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले एक एक गोल गरे। जितपछि रियलले ३८ खेलबाट ९३ अंक जोड्यो।

यता २ गोलले पछि परेको स्थिती उल्टाउँदै बार्सिलोनाले दश खेलाडीको आइबरलाई ४-२ ले हरायो। ३८ खेलबाट बार्सिलोनाले ९० अंक बनायो। बार्सिलोनाको जितमा लियोनल मेसीले २ तथा लुइस सुवारेजले १ गोल गरे। आइबरका  डेभिड जुनकाले आत्मघाती गोल उपहार दिए।

त्यसअघि बार्सिलोनाको घरेलु मैदानमा जापानी खेलाडी ताकासी इनुइले २ गोल गर्दै पहिलो हाफमै आइबरला२ २-० को अग्रता दिलाएका थिए। खेल २-२ को बराबरी रहेको अवस्थामा आइबरका एन्डर कापाले दोहोरो पहेँलो कार्ड सामना गरेका थिए।

लिगाकै अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई ३-१ ले हरायो भने सेभियाले ओसासुनालाई ५-० ले पराजित गर्‍यो। एथ्लेटिको तेस्रो स्थानमा रहदै अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट हुँदा सेभियाले भने च्याम्पियन्स लिगका लागि प्लेअफ खेल्नुपर्नेछ।

यस्तै भियारियलले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै आगामी सिजनको युरोपा लिगमा स्थान बनाएको छ। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएको रियल सोसिडाडले भने युरवपा लिगको लागि प्लेअफ खेल्नुपर्नेछ। एथ्लेको मड्रिडसँग हारेको विल्वाओ भने सोसिडाड भन्दा एक अंक पछि पर्दै युरोपियन प्रतियगिताको लागि छनौट हुन सकेन।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell