
काठमाठौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियन महपला टोलीसँग आज पहिलो मैत्रिपुर्ण खेल खेल्दैछ। खेल मलेसियाको कोटा किनाबालुस्थित सबाव स्टेडियममा हुनेछ।
मलेसियन फुटबल संघको निमन्त्रणा अनुसार नेपाल र मलेसियाबीच २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ह्न लागेको हो।
खेल हुनुअघि आईतबार मलेसियन फुटबल संघले पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेलका लागि तयार रहेको रहेको बताउँदै जित्नका लागि खेल्ने बताएका छन्।
मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीले शनिबार र आईतबार एकर/एक घण्टा अभ्यास गरेका थिए।
नेपाली खेलाडिहरु पुर्ण रुपमा तयार रहेको प्रशिक्षक थापाले बताएका छन्। उनले नेपालले केहि महिना अगाडी मैत्रीपूर्ण खेलमा मलेसियालाई हराईसकेको हुनाले सोमबार पनि टिमले जित निकाल्नेमा ढुक्क छन्।
यस मैत्रीपूर्ण खेललाई महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको पनि उनले बताए।
मैत्रिपुर्ण खेलका लागी नेपाली टोलीमा अधिकाशं गत डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा रहेका खेलाडीहरु छन्।
प्रशिक्षक थापाले स्ट्राइकिङ लाईन र डिफेन्समा बढि नै ध्यान दिएको बताएका छन्। नेपालले खेल उत्कृष्ट खेल खेल्दै फेरी पनि मलेसियालाई हराउनेमा थापा विश्वस्त छन्।
उता घरेलु टोली मलेसिया अहिले साउथ इस्ट एसियन खेलको तयारीमा रहेको छ। साउथ इस्ट एसियन खेल मलेसियामै अगस्ट १५ देखि ३० सम्म आयोजना हुँदैछ।
मलेसियाले त्यसैको तयारी स्वरुप विभिन्नि एसियन राष्टहरुसँग मैत्रिपुर्ण खेल खेलिरहेको छ। जसअन्तर्गतनै मलेसियाले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
मलेसियन राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक मोह्दासिराफ फोगँ एभ्दुल्लाहले पुरानो टिमबाट ९ खेलाडी टिममा राखेका छन्। उनले मलेसियाले ५ महिना अगाडि नेपालको होमग्राउण्डमा भोगेको हारको बदला लिने दावी गर्नुका साथै मलेसियन खेलाडिको मनोवल उच्च रहेको बताएका छन्।
नेपाली महिला टोलीले भोली पहिलो खेल जेठ ८ र दोस्रो खेल जेठ १० गते खेल्नेछ। नेपाल हाल फिफा वरीयतामा ९५औं तथा घरेलु टिम मलेसिया ७९औं स्थानमा रहेको छ।
मलेसियन टिमले मैत्रिपुर्ण खेलको लागी विगद तीन हप्ताबाट प्रशिक्षण गरीरहेको छ भने नेपाली टिमले पनि झण्डै तीन हप्ता अभ्यास गरेको छ।
नेपालले गत वर्षको पुसमा काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १-० ले हराएको थियो।