काठमाडौं : दोस्रो संस्करणको ललित स्मृती यू-१८ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
यही जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि १६ टोलीलाई ४ समूहमा विभागन गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा १३ गते समूह ए मा रहेको रमपम झापा र च्यासल युथ क्लबबीच खेल हुनेछ। १३ गते नै समूह बी का त्रिभुवन बर्मी र सुदूरपश्चिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२९ गते हुन फाइनल बाहेक हरेक दिन दुई खेल हुनेछ।
समूह ए मा झापा-११, सशस्त्र प्रहरी बलको एपीएफ, सरस्वती युथ क्लब र च्यासल युथ क्लब छन्। समूह बी मा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्ड्स क्लब र सुदूरपश्चिम फुटबल क्लब छन्।
यस्तै समूह सी मा लुम्बिनी फुटबल क्लब, जावालाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब र एनआरटी क्लब छन्। समूह डी मा संकटा क्लब, नेपाल पुलिस, ब्रिगेड ब्वाइज क्लब र मोरङ फुटबल क्लब छन्।
एन्फाका पूर्व उपाध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतीमा गत वर्ष देखि यू-१८ प्रतियोगिता गर्न थालिएको हो।
पूरा खेल तालिका