PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी 



पहिलोपोस्ट

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी 

काठमाडौँ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेका बंशलाल तामाङ विजयी भएका छन्। यस्तै उपाध्यक्षमा कांग्रेसकै मीरा अधिकारी लामा विजयी भएकी छन्। 

तामाङले पाँच हजार तीन सय ६५ मत पाए। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका झम्क नेपालले पाँच हजार एक सय ६५ मत पाए। 

यस्तै, उपाध्यक्षमा मीराले पाँच हजार एक सय ६१ मत पाइन। एमालेकी सरस्वती अधिकारीले पाँच हजार ८९ मत पाएकी छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell