PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

बजेट अधिवेशन आजदेखिः नीति तथा कार्यक्रम बिहीबार, प्रि–बजेट छलफल भोलि



पहिलोपोस्ट

बजेट अधिवेशन आजदेखिः नीति तथा कार्यक्रम बिहीबार, प्रि–बजेट छलफल भोलि

काठमाडौँ : व्यवस्थापिका संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपतिको आह्वान अनुसार बजेट अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ।

बजेट अधिवेशन सुरु भएसँगै जेठ ९ गते संसदमा प्रिबजेट छलफल हुनेछ। सरकारका तर्फबाट अर्थमन्त्रीले पेस गर्ने प्रस्तावमा एक दिन छलफल हुनेछ। यसअघिका वर्षहरुमा प्रिबजेट छलफल कम्तीमा तीन दिनसम्म हुने भए पनि समय अभावका कारण यो वषै एक दिनमात्र हुन लागेको हो।

बजेट सम्वन्धी आन्तरिक कार्यतालिका संसद् सचिवालयले तयार पारी अर्थ मन्त्रालय पठाएको छ। कार्यतालिका अनुसार बिहीबार राष्ट्रपतिद्धारा संसदमा नीति तथा कार्यक्रम पेस हुनेछ। बजेटको सैदान्तिक पक्षमा भोलि एक  दिनमात्र छलफल हुनेछ। 

संसदमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम पेस हुनेछ। राष्ट्रपतिले पेस गरेको नीति तथा कार्यक्रममा बिहीबारकै दोस्रो बैठकबाट छलफल हुनेछ। नीति तथा कार्यक्रममा संशोधन समय र छलफलका लागि जेठ १२ र १३ गतेसम्मको समय तोकिएको छ। दुबै  दिन संसदमा नीति तथा कार्यक्रममा छलफल पनि हुनेछ। 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसद्मा बजेट पेस हुनेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell