PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

भरतपुरको मेयरमा रेणुभन्दा ज्ञवाली झण्डै २२ सय मतले अघि



पहिलोपोस्ट

भरतपुरको मेयरमा रेणुभन्दा ज्ञवाली झण्डै २२ सय मतले अघि

काठमाडौं : चितवनको भरतपुर महानगरको जारी मतगणनामा नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले दुई हजार बढीको अग्रता बनाएका छन्।

जारी मतगणनामा ज्ञवालीले २१ हजार ५३४ मत पाएका छन्। भने, कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मेयरकी उम्मेद्वार रेणु दाहालले १९ हजार ३५८ मत पाएकी छन्। ज्ञवालीले दुई हजार १७६ मतको अग्रता कायम गरेका छन्।

राप्रपा उम्मेद्वार बद्री तिमल्सिनाले एक हजार ७१३ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेस उम्मेद्वार पार्वती शाहले २२ हजार १८२ मत पाएकी छन्। एमालेकी दिव्या आचार्यले १९ हजार ८९ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell