PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

पोखराको मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी



पहिलोपोस्ट

पोखराको मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

पोखराः फर्जीमतको आशंमा शनिवार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरको मतगणना सुरु गर्नका लागि सहमति जुटाउन अहिले सर्वदलीय बैंठक बसिरहेको छ। 

मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि बढेको विवाद समाधानका लागि छलफल चलिरहेको हो। 

निर्वाचन आयोगले आइतवार साझ मतगणना सुरु गर्न निर्देशन सहितको पत्र पठाएपनि कांग्रेस, माओवादी केन्द्रलगायतका दलले मतगणना बहिस्कार गर्ने घोषणा गर्दै पुनः निर्वाचनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आयोग केन्द्रको निर्देशन अनुसार असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने बताएपनि अझै सुरु हुन सकेको छैन । सकेसम्म सबै दलको सहमतिमा मतगणना अघि बढाउने प्रयास भैरहेको छ ।

३३ वडा रहेको पोखरा लेखनाथ महानगरमा १५ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । जसमध्ये ८ वटामा कांग्रेस र ७ वटा वडा अध्यक्षमा एमाले विजयी भएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell