PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

काठमाडौँ महानगरमा एमालेका विद्यासुन्दरलाई ९ हजार मतको अग्रता



पहिलोपोस्ट

काठमाडौँ महानगरमा एमालेका विद्यासुन्दरलाई ९ हजार मतको अग्रता

काठमाडौः काठमाडौं महानगरको पछिल्लो मतगणना अनुसार नेकपा एमालेबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले फराकिलो अग्रता बनाएका छन्। शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई ९ हजार मत अन्तरले पछि पारेका छन्।

करिव ९० हजार मतगणना भइसक्दा शाक्यले २९ हजार २३४ मत प्राप्त गरेका छन्। शाक्यलाई पछ्याइरहेका जोशीले भने २० हजार १०० मत प्राप्त गरेका छन्। 

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी उम्मेद्वार रञ्जु दर्शनाले ११ हजार २५२ मत प्राप्त गरिसकेकी छिन् । साझा पार्टीका किशोर थापाले ८ हजार ५५३ मत ल्याएर चौथो स्थानमा छन्।

उपप्रखुकको मतगणनामा भने अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गी २६ हजार ४१७ मतका साथ अग्रस्थानमा छिन्। खड्गीलाई राप्रपाका उम्मेद्वार राजाराम श्रेष्ठले १६ हजार ८२३ मतसहित पछ्याइरहेका छन्। साझा पार्टीकी निरुपमा यादवले ५ हजार ४५० मत ल्याएर तेस्रो स्थानमा छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell