
वीरगंजः वीरगन्जको महावीरस्थान चोकमा सोमबार बिहान स्कुल बसले ठक्कर दिंदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।
कादम्बरी एकेडेमीको ना२ख ८९३ नम्बरको बसको ठक्करबाट वीरगन्ज महावीरस्थान चोककी १४ वर्षीया दिया अग्रवालको मृत्यु भएको हो ।
दिल्ली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दियालाई सडक पार गर्न लाग्दा कदम्बरी एकेडेमीको बसले ठक्कर दिएको थियो । ठक्करबाट दियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस