PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डिएमजिएमको अन्तर्राष्ट्रिय सौन्दर्य सेमिनार राजधानीमा सम्पन्न



पहिलोपोस्ट

डिएमजिएमको अन्तर्राष्ट्रिय सौन्दर्य सेमिनार राजधानीमा सम्पन्न

काठमाडौं : डि एम जि एम ब्राण्डले आयोजना गरेको एक दिने अन्तर्राष्ट्रिय सौन्दर्य सेमिनार आइतबार राजधानीमा सम्पन्न भएको छ। सेमिनारमा नेदरल्याण्डको बरिष्ठ सौन्दर्यविद जेनी बेरिन्डास बिउस्को मुख्य प्रशिक्षकको रुपमा रहेकी थिइन्।

सेमिनारमा जेनीले सौन्दर्य र हेयर स्टाइलका विभिन्न चरणहरुबारे प्रशिक्षण दिएकी थिइन्। उनले सौन्दर्यकर्मीलाई विभिन्न सिप सिकाउनुका साथै सौन्दर्य पेशालाई व्यवसायिक बनाउन स्वंय आफुले सिप र दक्षता बढाउन आवश्यक भएको बताइन्।

सेमिनारमा एकता ट्रेनिङ कन्सर्नका निर्देशक मुनिष जैनले आगामी दिनमा अझ थप तालिम दिएर सौन्दर्यविदहरुको दक्षता बढाउन डि एम जी एम ब्राण्डले सक्दो पहल गर्ने बताए  

पछिल्लो समय डि एम जी एम ब्राण्डका सौन्दर्य सामाग्रीहरुको माग नेपाली बजारमा बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell