दुई खेल अघि नै लिग च्याम्पियन बनिसकेको चेल्सीले गएराती सण्डरल्याण्डलाई ५-१ ले पराजित गर्दै प्रिमियर लिगमा शानदार अन्त्य गरेको छ। सण्डरल्याण्डले अप्रत्यासित रुपमा पहिले अग्रता लिएपनि चेल्सीले घरेलु मैदानमा ५ गोल फर्काएको हो।
स्टानफोर्ड ब्रिजमा चेल्सीका कप्तान जोन टेरीले पहिलो रोजाईमा खेल्दै २६ मिनेट मैदानमा बिताए। उनलाई 'गार्ड अफ हनर' मार्फत शानदार बिदाई समेत गरियो।
खेलको तेस्रो मिनेटमै जाभिएर मान क्युइलो गोल गर्दै सण्डरल्याण्डलाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको ५ मिनेटपछि नै विलियनले चेल्सीका लागि बराबरी गोल फर्काए।
पहिलो हाफमा बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा ४ गोल गर्यो। ६१औं मिनेटमा एडेन हाजार्ड र ७७औं मिनेटमा पेड्रो रोड्रिग्वेजले गो गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाएका थिए।
च्याम्पियन चेल्सी यतीमै रोकिएन। वैकल्पक खेलाडी मिची बात्सुईले खेलको अन्तिम मिनेट र इन्सरी टाइममा गरी दुई गोल गरेपछि चेलसी ५-१ ले विजयी भयो।
चेल्सी प्रिमियर लिगको च्याम्पियन बनेको यो पाँचौ पटक हो। सन् १९९२ मा आधुनिक प्रिमियर लिगकव सुरुवात भएपछि म्यानचेष्टर युनाइटेडले सर्वाधिक १३ पटक लिग जितेको छ।