PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

दक्षिण कोरियाले उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने



रासस

दक्षिण कोरियाले उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने

सोलः दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ। 

नियमित पत्रकार सम्मेलनमा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले त्यसका लागि  आफूहरु उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेकोसमेत बताए। 

उनका अनुसार उत्तर कोरियालीमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिवन्धको मर्म विपरीत नहुने गरी नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरुमा लचकतापूर्ण पुनरावलोकन गरिनेछ। 

नवनिर्वाचित वर्तमान राष्ट्रपति मुन जाए इनले एक नवीन आयामको (सन साइन पोलिसी) नीति ल्याई उत्तर कोरियाली सम्बन्ध सुधारमा प्रवद्र्धन गर्न खोजेकासमेत जनाइएको छ । सनसाइन पोलिसीअन्तर्गत दुई कोरियाबीच लगानी र वाणिज्यमैत्री वातावरणसमेत निर्माण गरिनेछ । 

यस प्रकारको अवधारणा भूतपूर्व कोरियाली राष्ट्रपतिहरु रो मु ह्युम र किम हाए जुङ्गलेसमेत ल्याएका थिए। तर, त्यसपछि त्यसले मूर्तरुप भने लिन पाएको थिएन । राष्ट्रपति मुनभन्दा लगत्तै पहिलेकी राष्ट्रपति पार्क गेउन हाइले राजनीतिक सम्बन्ध जे जस्तो भएपनि उत्तर कोरियालाई मानवीय सहायता निरन्तर दिइरहेकी थिइन् ।

दक्षिण कोरियाको राष्ट्रपति पदमा उदारवादी दलःडेमोक्र्याटिक पार्टीका प्रमुख नेता मुन जाए इन विजयी भएलगत्तै उनले उत्तर कोरियासँगको सम्बन्धमा देखाएको नरमपनले आशाको नयाँ किरण देखा परेको छ । 

जन्मस्थलका हिसाबले दक्षिण कोरियाको गियोजेमा जन्मिइ माता–पितासँगै बसाइँ सर्दै हाल उत्तर कोरियापट्टिको भूमिः दक्षिण हाम्गेयोङ्ग प्रान्तमा पुगी त्यहाँ हुर्कँदै, बढ्दै राष्ट्रपति इनले वाल्यकाल बिताएका थिए।

दुई कोरियाको विभाजनपछि उनी पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गरेका थिए ।रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell