PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

शनिबारदेखि रोकिएको पोखरा महानगरको मतगणना सुचारु



पहिलोपोस्ट

शनिबारदेखि रोकिएको पोखरा महानगरको मतगणना सुचारु

पोखराः फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना आज दिउसो साढे एक बजेदेखि सुचारु भएको छ । 

निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमतिपछि मतगणना सुचारु भएको हो।

मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवाद बढेको थियो।

आज बिहान बसेको सर्वदलीय बैठकमा पनि वडा नम्बर १७ का बारेमा सहमति नजुटेपनि अन्य वडाको भने मतगणना गर्ने सहमति भएको थियो। वडा नम्बर १७ को भने मुचुल्का खोजेर पछि सहमति खोज्ने दलहरुबीच सहमति भएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell