PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्माले लिए पद तथा गोपनीयताको शपथ



रासस

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले बस्न्यात र शर्मालाई सपथ खुवाएका हुन् ।

अख्तियारका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक शर्मालाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो।

संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेखा परीक्षक नियुक्त गर्ने व्यवस्था छ ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell