PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

धनगढीमा वृद्ध दम्पतीको हत्या, हत्यामा संलग्न भएको आशंकामा सात जना पक्राउ



रासस

धनगढीमा वृद्ध दम्पतीको हत्या, हत्यामा संलग्न भएको आशंकामा सात जना पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ । 

बुद्धचोकमा रहेको आफ्नै घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशीलाई मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । 

राति नै हत्या भएको अनुमान गरिएको घटनाको आज बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। 

दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एक पुरुष र छ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृतक दम्पतिका छोरा विदेशमा छन् । 

घरको कारोबारको विषयलाई लिएर उक्त घटना गराइएको हुन सक्ने आशङ्का गरिएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell